बढ्दो ब्याजदरका बाबजुद पनि भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

बढ्दो ब्याजदरका बाबजुद पनि भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

एजेन्सीः भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ। हालै सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशक यताकै उच्च वृद्धिदर हासिल गरेको हाे।

नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियलस्टेट’ बजार ३४ प्रतिशतले बढेको थियो। बढ्दो बैंक ब्याजदरका बाबजुद पनि घरको स्वामित्व प्रतिको मनोवृत्तिमा परिवर्तन र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ।

प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियलस्टेट बजारमा कुल तीन लाख १२ हजार ६ सय ६६ आवासीय भवन बिक्री भएका थिए। त्यस्तै, तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो।

आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्यो भने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बैंगलाैरमा अधिक कारोबार भयो।

पुष २७, २०७९ बुधबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।