कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकाभर सयौं उडान अवरुद्ध

कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकाभर सयौं उडान अवरुद्ध

एजेन्सीः अमेरिकाकाे संघीय उड्ययन प्रशासन (एफएए) को सूचना दिने प्रणालीमा समस्या आएका कारण बुधबार देशभरका उडानहरु ठप्प भएका छन्। 

अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार सूचना प्रणालीकाे कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन्। संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन्। 

अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्।  एफएएले भने ‘एयर मिसन सिस्टम’ लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ। 

पुष २७, २०७९ बुधबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।