एमालेका राजेन्द्र रावल बने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री
काठमाडाैंः एमाले नेता राजेन्द्र रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
रावल कञ्चनपुरबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेका संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले बुधबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
पुष २७, २०७९ बुधबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।