अभिनाश बाेहाेरा बने नेपाल टी-ट्वान्टी लिगकाे उत्कृष्ट बलर

अभिनाश बाेहाेरा बने नेपाल टी-ट्वान्टी लिगकाे उत्कृष्ट बलर
तस्बिरः काठमाडौं नाइट्स फेसबुक

काठमाडाैंः नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य अभिनाश बोहराले नेपाल टी-ट्वान्टी लिगमा उत्कृष्ट बलरकाे उपाधि जितेका छन्। त्यसैगरी, विराटनगरका स्पिनर सूर्य तामाङ लिगकाे उदीयमान खेलाडी चुनिए।

लिगमा काठमाडौं नाइट्सबाट खेलेका तीव्र गतिका बलर अभिनाश बोहराले ११ खेलमा कुल १९ विकेट लिएका थिए। उनी लिगमा धेरै विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा रहे।

अभिनाशले उत्कृष्ट बलरकाे उपाधिसँगै २ लाख ५० हजार नगद पुरस्कार पनि प्राप्त गरे। बायाँ हाते स्पिनर सूर्य तामाङले भने लिगमा ८ खेलमा १२ विकेट लिएका थिए। उनले नगद १ लाख ८० हजार पाए। 

सर्वोत्कृष्ट खेलाडीकाे उपाधि भने विराटनगरका हुसेन तालतले जिते। पाकिस्तानी खेलाडी तालतले १३ खेलमा ३६७ रन बनाएका थिए भने १० विकेट लिएका थिए। उनले ५ लाख नगद प्राप्त गरे। 

त्यसैगरि अफगानिस्तानका खेलाडी हश्मातुल्लाह शाहिदी लिगकाे उत्कृष्ट ब्याटर चुनिए। उनले १० खेलमा ४ अर्धशतकसहित ४०० रन बनाएका थिए।

 

पुष २७, २०७९ बुधबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।