पेरुमा सरकार विरोधी प्रदर्शनकारीले एक प्रहरीलाई ज्युँदै जलाए, हालसम्म ४७ जनाकाे मृत्यु

पेरुमा सरकार विरोधी प्रदर्शनकारीले एक प्रहरीलाई ज्युँदै जलाए, हालसम्म ४७ जनाकाे मृत्यु

एजेन्सीः पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा हालसम्म ४७ जना मारिएका छन्। 

एक सहकर्मीसँगै गस्तीमा रहेका २९ वर्षीय प्रहरी जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेकाे थियाे। आक्रमणसँगै उनीहरू भित्रै रहेकाे अवस्थामा उनीहरूकाे गाडीमा आगो लगाइएको थियो। 

करिब ३५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनकाेका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन्। प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार विरोधी प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताए।

 

पुष २७, २०७९ बुधबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।