पृथ्वीनारायण शाहले गरेकाे एकीकरणले नै नेपालीको अस्तित्व सम्भव भएको हाेः लिङ्देन

पृथ्वीनारायण शाहले गरेकाे एकीकरणले नै नेपालीको अस्तित्व सम्भव भएको हाेः लिङ्देन

काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेकाे एकीकरणले नै विश्व मानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको बताएका छन्।

पृथ्वीनारायण शाहको ३०१औँ  जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रम लिङ्देनले सरकारले पृथ्वीजयन्तीकाे दिनमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको विचार व्यक्त गरे।

उनले भने, ‘तत्कालीन समयमा भएको एकीकरणले नै विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको हाे।’ 

अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर सबैलाई नेपालीका रुपमा परिचित गराएकाले उनलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखे।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरेकाे थियाे।

पुष २७, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।