देशमा अब नयाँ युग सुरु हुने प्रचण्डकाे उद्घोष
काठमाडाैंः प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब नयाँ युग सुरु हुने बताएका छन्। प्रचण्डले बुधबार एक कार्यक्रममा बाेल्दै आर्थिक समृद्धिको सपनालाई पूरा गरेपछि देशमा नयाँ युग सुरु हुने बताए।
माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘जनताको विकास निर्माणसम्बन्धी आकांक्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणका लागि कठोर रूपमा अघि बढ्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौं त्यसलाई पूरा गर्नु छ। त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ।’
सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए।
पुष २७, २०७९ बुधबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।