५८ सांसद्सहित लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरीको दाबी पेश
बुटवल : एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्।
प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसद्को समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकारको लागि दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका बुधबार ५ बजेसम्मका लागि समय दिएका थिए।
गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३,लोसपाका ३, जसपाका ३, स्वतन्त्र २ सांसदको हस्ताक्षर छ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन्।
लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी र एमालेबीच सहमति भएको छ।
पुष २७, २०७९ बुधबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।