प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन्।

प्रदेशसभा सचिवालयलयमा पत्र पठाएर उनले शुक्रबार विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए।

उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन गरेका छन्।

पुष २७, २०७९ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।