नेपाल टी–२० : लुम्बिनीले २० ओभर पनि खेलेन, विराटनगरलाई १३४ रनको लक्ष्य
काठमाडौं : नेपाल टी–२० को उपाधिका लागि विराटनगर सुपर किंग्सले रनकाे लक्ष्य पाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको लुम्बिनी अलस्टार १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएपछि विराटनगरले १३४ रनको लक्ष्य पाएको हो।
लुम्बिनीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४१ रन बनाए। २८ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
त्यसैगरी, हरमीत सिंहले ३० रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ राज नन्नन र नन्दन यादवले समान दुई-दुई तथा कियोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले समान एक–एक विकेट लिए।
विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा विराटनगरले पनि जनकपुरलाई नै पराजित गरेर लुम्बिनीसँगको भेट पक्का गरेको थियो।
त्यसअघि भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो।
लिगको विजेताले ५५ लाख पाउँदा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त पाउने क्यानले जनाएको छ। तेस्रो हुनले १० लाख र चौथोले ५ लाख रूपैयाँ पाउनेछन्।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार दिइनेछ।
पुष २७, २०७९ बुधबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।