६३ सांसद्काे समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्री नियुक्त भए सराेजकुमार यादव

६३ सांसद्काे समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्री नियुक्त भए सराेजकुमार यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका नेता सरोज कुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पुस २८ गते दिउँसो ४ बजेभित्र सरकारको नेतृत्त्वको दाबी पेश गर्न आह्वान गरिएकोमा यादवले २७ गते नै दाबी पेश गरेर नियुक्त भएका हुन्।

मधेश प्रदेशसभामा १०७ सांसद छन्। बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।

सत्ता गठबन्धनमा रहेका एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन्।

पुष २७, २०७९ बुधबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।