रणजी ट्रफीमा पृथ्वी शाकाे ट्रिपल सेन्चुरी, ४९ चौका र ४ छक्का प्रहार
एजेन्सी : रणजी ट्रफीको दोस्रो दिन आसामविरुद्धको खेलमा मुम्बईका लागि पृथ्वी शाले ट्रिपल सेन्चुरी बनाएका छन्।
यो उनको करियरकै उत्कृष्ट इनिङ्स हो। शाले पहिलो दिनमै २४० रन बनाएर प्रथम श्रेणी क्रिकेटमा आफ्नो अघिल्लो कीर्तिमान तोडेका थिए।
मुम्बईका लागि इनिङ्स सुरु गर्न आएका पृथ्वी शाले कुल ३७९ रन बनाएका थिए। उनले ३८३ बलमा ४९ चौका र ४ छक्का प्रहार गरी शानदार इनिङ खेलेका हुन्।
आसामको अमिनगाउँ क्रिकेट मैदानमा भइरहेको खेलमा मुम्बईको टोली टस हारेर पहिले ब्याटिङ गर्न आएको थियो ।
पृथ्वी शा अहिले भारतीय टोलीबाट बाहिर छन्। उनले सन् २०२१ मा भारतका लागि अन्तिम खेल खेलेका थिए।
घरेलु क्रिकेटमा लगातारको प्रदर्शनका बाबजुद पृथ्वी शालाई भारतीय टोलीमा नछानेकोमा धेरै पटक प्रश्न उठेको छ।
पुष २७, २०७९ बुधबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।