सभामुख भइसकेका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेश
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
६३ सांसदको समर्थनसहित यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्। सत्ता साझेदार दलहरूले मधेश प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति अनुसार यादवले पेश गरेका हुन्।
मधेश प्रदेशसभामा १०७ सांसद छन्। बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। सत्ता गठबन्धनमा रहेका एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।
प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन्।
पुष २७, २०७९ बुधबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।