बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
उनीहरूबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरूमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ।
गण्डकी प्रदेश एमालेको भागमा परेको छ। सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पुस २९ गते विश्वासको मत लिँदैछन्।
६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई ३३ सांसद्को समर्थन छ।
पुष २७, २०७९ बुधबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।