श्रीलंकाविरुद्धको पहिलो एकदिवसीयमा भारतको शानदार जित, कोहलीले शतक बनाउँदा शर्मा र गिलको अर्धशतक

श्रीलंकाविरुद्धको पहिलो एकदिवसीयमा भारतको शानदार जित, कोहलीले शतक बनाउँदा शर्मा र गिलको अर्धशतक

काठमाडौं : भारतको गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ।

विराट कोहलीको शतक तथा रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३७३ रन बनाएको थियो।

कोहलीले ८७ बलमा ११३ रन, रोहित शर्माले ६७ बलमा ८३ रन र शुभमन गिलले ६० बलमा ७० रन बनाए ।

श्रीलंकाका कासुन रजिथाले सर्वाधिक ३ विकेट लिए ।

३७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात खराब रह्यो। उनको पहिलो विकेट १९ रनमा खसेको थियो।

सय रनअघि नै उनका तीन ब्याट्सम्यान पेभेलियन फर्किसकेका थिए।

श्रीलंकाको आठौं विकेट २०६ रनमा झरेको थियो। नवौं विकेटका लागि दासुन शनाका र कासुन रजिथाले इनिङ्स सम्हाले।

शनाकाले केही शानदार शटहरू प्रहार गर्दै अन्तिम ओभरमा आफ्नो शतक पूरा गरे। उनले श्रीलंकालाई ३०० भन्दामाथि पुर्याए पनि जित भने पुग्न सकेनन्।

श्रीलंकाको टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सकेन।

पुष २७, २०७९ बुधबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।