५५ यात्रु छाडेर उड्ने भारतीय विमानलाई स्पष्टीकरण सोधियो

५५ यात्रु छाडेर उड्ने भारतीय विमानलाई स्पष्टीकरण सोधियो

एजेन्सी : भारतको नागर विमानन महानिर्देशनालयले गोफर्स्ट एयरलाइनलाई ५५ यात्रुलाई बैंगलोर एयरपोर्टमा छोडेकोमा स्पष्टीकरण सोधेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, महानिर्देशनालयले कम्पनीलाई घटनाको सन्दर्भमा दुई साताभित्र जवाफ पठाउन भन्दै स्पष्टीकरण सोधेको हो।

पत्रमा भनिएको छ, ‘घटनाको बारेमा के भएको हो, नियमको उल्लंघन गरेको आरोपमा त्यस कम्पनीलाई किन कारबाही हुन नपर्ने हो दुई हप्ताभित्र स्पष्ट जवाफ दिनुहोला।’

कम्पनीले यसअघि माफी मागेर यात्रुहरूलाई अर्को वर्ष कुनै पनि ठाउँमा यात्रा गर्न निःशुल्क टिकट दिएको थियो।

पुष २६, २०७९ मंगलबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।