लगातार दाेस्राे एकदिवसीय खेलमा काेहलीकाे शतक, गरे तेन्दुलकरकाे रेकर्ड बराबर
एजेन्सीः भारतीय स्टार क्रिकेटर विराट काेहलीले लगातार दाेस्राे एकदिवसीय खेलमा शतक प्रहार गरेका छन्। उनले आज भएकाे श्रीलंकासँगकाे पहिलाे एकदिवसीय खेलमा ११३ रन जाेडे।
घरेलु मैदानमा ८७ बलमा १२ चाैका र एक छक्कासहित उनले ११३ रन जाेडेका थिए। उनले यसअघि गत महिना मात्र बंगलादेशसँग भएकाे पछिल्लाे एकदिवसीय खेलमा पनि शतक हानेका थिए।
एकदिवसीय करियरकाे याे उनकाे ४५ औं शतक हाे। घरेलु मैदानमा भएकाे एकदिवसीय खेलमा भने उनकाे याे २० औं शतक हाे।
याे शतकसँगै उनले भारतमा एकदिवसीय खेलमा सर्वाधिक २० शतक प्रहार गरेका पूर्व स्टार खेलाडी सचिन तेन्दुलकरकाे रेकर्ड बराबर गरेका छन्।
काेहलीकाे शतकसँगै खेलमा पहिले व्याटिङ गरेकाे भारतले ७ विकेट गुमाउँदै ३७३ रनकाे विशाल स्काेर बनाएकाे छ। काेहलीसँगै कप्तान राेहित शर्माकाे ८३ रनकाे सहयाेगले भारतले श्रीलंकाकाे अगाडि ३७३ रनकाे लक्ष्य दियाे।
पुष २६, २०७९ मंगलबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।