संविधान जोगाउन प्रचण्डलाई टाढा जान नदिएका हौं : रामचन्द्र पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संविधान जोगाउनका लागि प्रचण्डलाई टाढा जान नदिने बताएका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।
पौडेलले अदालतले व्याख्या गरेर गैरसंवैधानिक भनेको विषयलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले हठ गरेको देख्दा आफूलाई अचम्म लागेको बताए।
अदालत र संविधानलाई नै चुनौती दिने प्रवृत्ति हावी हुन थालेकाले त्यसबाट शतर्क हुनुपर्ने उनले बताए।
आफूलाई पदको लोभ भएर विश्वासको मत नदिएको भन्दै उनले आफूलाई गिरिजाप्रसाद कोइरालाले राष्ट्रपतिको दावेदार बनाएकोसमेत खुलासा गरे।
पुष २६, २०७९ मंगलबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।