लक्ष्मी बैङ्कमा कसको कति सेयर ?

लक्ष्मी बैङ्कमा कसको कति सेयर ?

काठमाडौं : लक्ष्मी बैंकले आफ्ना सेयरधनीहरुको विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार बैङ्कमा १६ व्यक्ति अनि कम्पनी ठुला सेयरधनी रहेका छन्।

१६ ठुला सेयरधनीमध्ये ६ वटा कम्पनी र बाँकी व्यक्तिहरू रहेको विवरणमा देखिन्छ। बैङ्कको विवरण अनुसार बैङ्कमा सबैभन्दा धेरै सेयर लक्ष्मी कर्पको रहेको छ। बैङ्कको १४.६० प्रतिशत सेयर स्वामित्व लक्ष्मी कर्प नेपालको नाममा रहेको छ।

दोस्रोमा स्नेहा खेतानको नाममा ११.३० प्रतिशत सेयर स्वामित्व रहेको छ। नागरिक लगानी कोषको ८.६८ प्रतिशत, सारिका खेतानको ७.८२ प्रतिशत, रतन लाल संघाईको ४.४८ प्रतिशत, गोपीकृष्ण सिकरियाको ४.४२ प्रतिशत , राजेन्द्र कुमार खेतानको ४.३८ प्रतिशत सेयर स्वामित्व रहेको छ।

यसैगरी, हिमालयन एक्जीम प्रालिको ३.६९ प्रतिशत,  एमटीसी इन्भेस्टमेन्ट प्रालिको २.४० प्रतिशत, पूजा अग्रवाल खेतानको १.६१ प्रतिशत, ओम प्रकाश सिकारियाको १.४३ प्रतिशत र राष्ट्रिय बिमा संस्थान (जीवन) को १.३६ प्रतिशत सेयर स्वामित्व रहेको विवरणमा देखिन्छ।

प्राइम होलिडिङ प्रालिको नाममा ०.९३ प्रतिशत, अञ्जली सरावगीको ०.७४ प्रतिशत, दीपक कुमार मल्होत्राको ०.६६ प्रतिशत, र सुनिल कुमार बन्सालको ०.५६ प्रतिशत सेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ।

पुष २६, २०७९ मंगलबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।