लक्ष्मी बैङ्कको सिइओसहितका सञ्चालकलाई ८ करोड ९२ लाख, सेयरधनीको हात भने रित्तै

लक्ष्मी बैङ्कको सिइओसहितका सञ्चालकलाई ८ करोड ९२ लाख, सेयरधनीको हात भने रित्तै

काठमाडौं : लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पारिश्रमिक र सञ्चालकहरूको भत्ता गरेर ८ करोड ९२ लाख खर्च गरेको छ। तर बैङ्कका सेयरधनीहरु भने रित्तै भएका छन्।

बैंकले २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश दिएन। सिइओ अजय विक्रम शाहले पारिश्रमिक बापत १ करोड ३२ लाख ३२ हजार रुपैयाँ पाए। अन्य उच्च पदाधिकारीहरूले ७ करोड ६० लाख २९ हजार रुपैयाँ तलब भत्ता पाए।

बैङ्कका सञ्चालकहरूले पारिश्रमिक पाउँदैनन्। तर बैठक भत्ता पाउँछन्। अध्यक्षले प्रतिबैठक भत्ता १५ हजार र सञ्चालकहरूले १३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन्। उनीहरूले प्रति महिना मोबाइल फोन खर्च शोधभर्ना बापत ५ हजार र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरूलाई सञ्चालकस्तरीय समितिको बैठकमा भाग लिन आउन-जान भ्रमण खर्च शोधभर्ना गर्ने गरेको छ।

पुष २६, २०७९ मंगलबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।