पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छुः मुख्यमन्त्री अधिकारी
पाेखराः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल गर्ने बताएका छन्।
पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गरे।
‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ,’ उनले भने, ‘जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन भयाे, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ।’
उनले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा पनि राखेका छन्।
पुष २६, २०७९ मंगलबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।