एसबीआई बैङ्कले तीन प्रतिशत बोनस सेयरसहित १० प्रतिशत बढी लाभांश दिने
काठमाडौँ : नेपाल एसबीआई बैङ्कले सेयरधनीहरुलाई तीन प्रतिशत बोनस सेयर दिने भएको छ। मङ्गलवार भएको बैङ्कको २९ औँ वार्षिक साधारण सभाले बैङ्कका सेयर धनीहरूलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले बैङ्कको आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरण समेत पारित गरेको छ।
पुष २६, २०७९ मंगलबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।