प्रधानमन्त्रीको पक्षमा २६८ मत खस्दा विपक्षमा २ मत मात्रै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले दुईतिहाइभन्दा धेरै सांसद्को समर्थन प्राप्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा भएको विश्वासको मतको मतविभाजनको परिणामअनुसार दाहालले २६८ मत पाएका हुन्।
२७० सांसद् सहभागी रहेकोमा उनको पक्षमा २६८ मत आउँदा विपक्षमा २ मत खसेको ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घोषणा गरे।
नेपालको प्रतिनिधिसभामा २७५ सांसद् छन्। जसमध्ये १ सांसद् निलम्बित छन् भने बाँकी चार सांसद् आज उपस्थित भएनन्।
पुष २६, २०७९ मंगलबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।