बेलायतले भन्यो– ‘रुसी सेनाले युक्रेनको नुन खानी भएको युक्रेनको शहर कब्जा गर्नसक्छ’

बेलायतले भन्यो– ‘रुसी सेनाले युक्रेनको नुन खानी भएको युक्रेनको शहर कब्जा गर्नसक्छ’

एजेन्सी : बेलायतको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको सोलेदार शहरलाई पूर्ण रूपमा नियन्त्रण गर्ने ‘सम्भावना’ रहेको जनाएको छ।

पूर्वी युक्रेनमा रहेको यो शहरमा नुनको खानी छ। रूसी सेना र अर्धसैनिक बलको पछिल्लो चार दिनमा यहाँ कब्जा गरिसकेको बेलायतले जनाएको हो।

सोलेदार बाकमुट शहर नजिकै छ। युक्रेन पनि त्यहाँ युद्ध लडिरहेको छ।

राष्ट्रपति जेलेन्स्कीले सोलेदारमा कोही पनि नबचेको र त्यहाँको एउटा घरको पर्खाल पनि बाँकी नरहेको बताएका छन्। 

‘सोलेदार आक्रमणकारीहरूको शवले भरिएको छ’, उनले भने।

युद्ध अघि सोलेदारको जनसंख्या १० हजार थियो।

पुष २६, २०७९ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।