प्रचण्डले भने- रेशम चौधरीलाई अन्याय भयाे, सदनबाट कानुन बनाएरै उनलाई छुटाउँछु

प्रचण्डले भने- रेशम चौधरीलाई अन्याय भयाे, सदनबाट कानुन बनाएरै उनलाई छुटाउँछु

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई अन्याय परेकाे भन्दै सदनबाट कानुन बनाएरै उनलाई छुटाउने बताए।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै उनले सदनबाट नै कानुन बनाएर रेशम चाैधरीसहित अन्यलाई छुटाउन सरकारले पहल गर्ने उल्लेख गरेका हुन्। उनले विगतमा भएकाे सम्झाैता अनुसार अध्यादेश बनाएर भए पनि रेशम चौधरीलाई रिहा गराउन चाहेकाे स्पष्ट पारे।

तर रेशम चौधरीको मुद्दा अदालतमा पुगिसकेका कारण केही जटिल भएकाले अब सदन सुरु भइसकेकाे अवस्थामा कानुनी रूपमा नै चाैधरीलाई छुटाउने वातावरण सराकारले बनाउने उनले धारणा राखे।

पुष २६, २०७९ मंगलबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।