‘बी’ डिभिजन लिग चैत २९ गतेदेखि, तयारी रकम पनि बढाइयाे

‘बी’ डिभिजन लिग चैत २९ गतेदेखि, तयारी रकम पनि बढाइयाे

काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिग चैत २९ गतेदेखि सुरू हुने भएको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लबहरूबीचको बैठकले चैत २८ गतेदेखि लिग सुरू गर्ने निर्णय गरेको हो।

एन्फाले क्लबको तयारीको रकम पनि बढाएर १४ लाख ५० हजार रूपैयाँ पुर्याएको छ। अघिल्लो संस्करणमा तयारी रकम १२ लाख ५० हजार रूपैयाँ थियो।

बैठकले क्लबहरूले माघ २९ गतेसम्ममा प्रवेश फारम बुझाउनुपर्ने र चैत ७ गतेसम्ममा कम्तीमा २० खेलाडी दर्ता गर्नुपर्ने निर्णयसमेत गरेको छ।

बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, प्रवक्ता सुरेश शाहलगायत १४ वटै ‘बी’ डिभिजन क्लबका प्रतिनिधिहरूको सहभागिता थियो।

पुष २६, २०७९ मंगलबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।