तिलोत्तमा नगरमा दुई दिन विद्यालय बन्द

तिलोत्तमा नगरमा दुई दिन विद्यालय बन्द

बुटवल : अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

चिसो तथा शीतलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाराम आचार्यले जानाकारी दिए।

२ दिन स्थानीय बिदा भएको र ३० गते शनिबार तथा माघी पर्वको माघ १ र २ गते सार्वजनिक विदा भएकाले अब शिक्षण संस्था ३ गते मात्र खुल्ने उनले बताए।

पछिल्लो ४ दिन यता जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ। चिसो बढ्दा भैरहवाबाट हुने आन्तरिक उडानमा समेत असर परेको छ।

चिसो बढे पनि रोहणी र तिलोत्तमा नगरपालिका बाहेक जिल्लाका अन्य १४ स्थानीय तहले भने विद्यालय बन्द गरेका छैनन्।

पुष २६, २०७९ मंगलबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।