साझा प्रकाशनको पुस्तक प्रदर्शनी, छुटको लोभ मात्रै
काठमाडाैंः साझा प्रकाशनले केन्द्रीय कार्यालय पुल्चोकदेखि मुलुकका सबै शाखाहरूमा आफ्नो पुस्तक प्रदर्शनी गरिरहेको छ। यसै अन्तर्गत प्रदर्शनीमार्गमा हाल ५ रुपैयाँ देखि ४ हजार ५०० रुपैयाँसम्मका पुस्तकहरू विक्रीमा राखिएको छ।
५ रुपैयाँमा कुमुद देवकोटाकाे अल्झो उपन्यास विक्रीमा राखिएको छ भने ४ हजार ५०० रुपैयाँमा नेपाली कांग्रेसको इतिहासका ९ भागहरू किन्न पाइन्छ।
शनिबारसम्म चल्ने प्रदर्शनीमा अहिले गरिमा लगायतका विभिन्न पत्रपत्रिकाहरू ८० प्रतिशत सम्मको छुटमा विक्री भइरहेका छन् भने उपन्यास, कथा र कविताका पुस्तकहरू ३० प्रतिशतभन्दा माथिको छुटमा विक्री भइरहेका छन्।
यस वर्षको हिउँदे बिदालाई लक्षित गरेर विद्यार्थी लगायत पढ्न रुचि राख्ने हरेकका लागि पुस्तक खरिद गर्न सहज होस् भन्ने उद्देश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको साझा प्रकाशन प्रदर्शनीमार्गका प्रमुख विद्युत सुवेदी बताउँछन्।
यसरी भारी छुटको लोभमा साझा पुस्तकालय पुगेर पुस्तक खरिद गर्नेहरू खासै उत्साहित भएर फर्किएको भने देखिदैन।
पुस्तकप्रेमी सविना गौतम भन्छिन्, ‘जसरी पनि राम्रो पुस्तक कम छुटमै पाइने हो। बाहिरबाट झट्ट सुन्दा छुटको लोभ देखिन्छ। भित्र आएर हेर्दा केही देखिदैन। यसो हेर्दा यो प्रदर्शनीकले पुस्तक फाल्नु भन्दा पाठकको हातमा सुम्पिनु ठिक भन्ने उदेश्य मात्र बोकेको देखिन्छ।’
यस कुरमा साझा प्रकाशनकै एक कर्मचारीकाे पनि सहमति छ। उनी भन्छिन्, ‘स्पेश घटाउनु पर्यो। यी पुराना पुस्तक तपाईंहरूले लगेर नराखे यहाँ अन्य पुस्तकलाई ठाउँ दिने अवस्था छैन।’
पुष २६, २०७९ मंगलबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।