शेयर बजारमा दुई अंकको गिरावट, ७ अर्बभन्दा बढिको कारोबार
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयरबजार दुई अंकको गिरावट आएको छ।
मंगलबार नेप्से २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा आइपुगेको छ।
बजार घटे पनि कारोबार रकममा भने ७ अर्बभन्दा बढि भएको छ। २५४ कम्पनीका २ करोड ८ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रूपैयाँभन्दा बढिको कारोबार भएको छ।
यसदिन बैंक र म्युचल फण्ड समूह सामान्य बढ्दा अन्य उपसूचक समूह भने राताम्मे भएका छन्। सबैभन्दा बढि फाइनान्स ४.३१ प्रतिशत घट्दा त्यसपछि होटल तथा पर्यटन ३.४१ प्रतिशतले घटेको छ।
यसदिन बाराही हाइड्रोपावरले १० प्रतिशतले कमाउँदा सबैभन्दा बढि कारोबार भने न्गढी ग्रुप पावर लिमिटेडको सबैभन्दा बढि २१ करोड २१ लाखको कारोबार भयो। त्यसपछि अपि पावरले २० करोडको कारोबार गर्यो।
पुष २६, २०७९ मंगलबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।