विश्वासको मत दिने कांग्रेसको निर्णयमा अचम्म पर्दै ओलीले भने- जाल फालेको हाे भने माछा पर्नेवाला छैन
काठमाडौंः नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी भएर पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकाेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंका व्यक्त गरेका छन्। याे समर्थनमा ओलीले जालझेलकाे खेल हुन सक्ने उल्लेख गरे।
प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले यदि यो समर्थन कुनै जाल होइन भने स्वागतयोग्य रहेकाे बताए।
उनले भने, ‘यदि याे जाल हो भने म भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकिएको छ। भोलिका निम्ती अरू खालको विशेष आग्रह गर्नकाे लागि जाल थापिएको हाे भने याे खोलाबाट कुनै माछा बग्ने छैनन्।’
पुष २६, २०७९ मंगलबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।