प्रचण्ड नेतृत्वको विपक्षमा जनमोर्चा र नेमकिपामात्रै

प्रचण्ड नेतृत्वको विपक्षमा जनमोर्चा र नेमकिपामात्रै

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले सहजै तीन तिहाइ मत पाउने भएको छ। प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गरेपछि सरकारको पक्षमा दुई तिहाइ बढी विश्वासको मत पर्ने निश्चित भएको हो।

सरकारमा रहेको एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेको छ। सरकार टिकाउन यति पार्टीकै विश्वासको मत काफी हुन्छ।

तर मङ्गलवार प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गर्यो। एकीकृत समाजवादी अनि लोकतान्त्रिक समाजवादीले समेत विश्वासको मत दिने निर्णय गर्यो। अब प्रतिनिधि सभामा रहेका दलमध्ये राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै विपक्षमा मतदान गर्ने भएको छ।

पुष २६, २०७९ मंगलबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।