संसद् विघटन गर्ने ओलीको भनाइप्रति देउवाको आपत्ति

संसद् विघटन गर्ने ओलीको भनाइप्रति देउवाको आपत्ति

काठमाडौं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन संसद् विघटन हुनसक्छ भनेर गरेको सम्बोधनको आलोचना गरेका छन्।

सोमबारको बैठकमा सम्बोधन गर्नेक्रममा ओलीले संसद् विघटनबारे बोलेका थिए। उनले फेरि पनि संसद् विघटन गर्न सकिने भनेकोमा उनले आपत्ति जनाएका थिए।

उनले संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित एकै ठाउँमा उभिएको भन्दै विश्वासको मत दिने निर्णय गरेको संसद् सम्बोधनमा बताएका थिए।

'सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुरूप संसद् पुनर्स्थापना गरेको थियो। आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रासामु आएको छ,' उनले भने।

उनले वर्तमान प्रधानमन्त्रीका लागि यो परीक्षाको घडी रहेको र वर्तमान प्रधानमन्त्रीले आग्रह गरे अनुसार संविधानको रक्षाका लागि तत्कालका लागि विश्वासको मतको पक्षमा मतदान गर्ने बताए।

पुष २६, २०७९ मंगलबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।