स्वतन्त्र सांसद्लाई ओलीको अपिल–‘कांग्रेसले त समर्थन गरिसक्यो, अरु किन नआउने त?’

स्वतन्त्र सांसद्लाई ओलीको अपिल–‘कांग्रेसले त समर्थन गरिसक्यो, अरु किन नआउने त?’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रतिपक्ष नै नभएको बताएका छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनका लागि भएको बैठकमा एमाले अध्यक्ष ओलीले संसदमा प्रतिपक्ष नै नभएको बताएका हुन्।

कांग्रेसले समेत समर्थन गरिसकेको अवस्थामा सरकार राष्ट्रिय नै भइसकेको भन्दै स्वतन्त्र सांसद्हरुलाई पनि समर्थन गर्न आग्रह गरेका हुन्।

‘नेपाली कांग्रेसले त समर्थन गरिसक्यो भने राष्ट्रिय नै भइसक्यो नि यो त अब। यहाँ त प्रतिपक्ष नै छैन। यो त नयाँ परिभाषाबाट जानुपर्यो,’ उनले भने, ‘सरकारले गल्तीकमजोरी गरेको अवस्थामा हामीले पनि सरकारभित्रै रहेकाले पनि त आलोचना गर्छौं नि। कांग्रेसको भूमिका पनि त्यति नै रहनेभयो। अब अरुले किन नआउने त?’

ओलीले कांग्रेसलाई धन्यवाद दिँदै पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा विरोध गर्ने ठाउँनै नभएको बताएका छन्।

पुष २६, २०७९ मंगलबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।