मेरो मित्रलाई सम्झाएको मात्रै भन्दै ओलीले देउवालाई भने' गुरु मान्न खोज्दा झन् विरोध'
काठमाडौं : संसद्मा बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले २ पटक संसद् विघटन गर्ने प्रयास प्रतिगमन नभएको भन्दै आफूले शेरबहादुर देउवाले गरेजस्तै संसद् विघटन गर्ने प्रयास गरेको दाबी गरेका छन्।
उनले देउवालाई कटाक्ष गर्दै २०५८ मा संसद विघटन गर्दा माघ १९ को जस्तो आफुले संसद विघटन नगरेको र नभएको भन्दै संवैधानिक अनुसार नै संसद् विघटन गर्ने निर्णय गरेको बताएका थिए। उनले पटक-पटक आफू प्रधानमन्त्री हुँदा गरेको निर्णयको प्रतिरक्षा गर्दै अब संसद् प्रतिपक्षी दलहिन बनेको र कांग्रेस बढो रचनात्मक रूपमा अगाडि बढेको भन्दै थप कटाक्ष गरेका थिए।
पुष २६, २०७९ मंगलबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।