संसद्मा कांग्रेसलाई ओलीको कटाक्ष'दुई वर्षपछि विश्वासको मत दिन्छु भनेकै थिए, अहिले दिँदा के भयो र'

संसद्मा कांग्रेसलाई ओलीको कटाक्ष'दुई वर्षपछि विश्वासको मत दिन्छु भनेकै थिए, अहिले दिँदा के भयो र'

काठमाडौँ : अकस्मात् रूपमा नेपाली काङ्ग्रेससमेत पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्यङग्य गर्दै धन्यवाद दिएका छन्।

विश्वासको मत दिनु अगाडि संसद्मा आफ्ना धारणा राख्दै ओलीले भने' मैले कांग्रेसका नेताहरूलाई चिया किन कार्पेटमा पोख्नुहुन्छ भनेको थिए। सायद सुन्नु भएछ। विश्वासको मत दिने निर्णय गरेकोमा धन्यवाद।'

उनले प्रचण्ड नेतृत्वको सरकारलाई अविश्वास गर्नुको कुनै कारण नभएको भन्दै भने 'कांग्रेसका लागि त यो झन् सहज हो। २ वर्षपछि विश्वासको मत दिन्छु नै भन्नुभएको थियो। अहिले नै दिँदा के फरक पर्छ र।'

उनले विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गरेको प्रतिवद्धता आशलाग्दो रहेको भन्दै यसमा कसैले पनि असहमती जनाइराख्नु नपर्ने भन्दै भने' आफु त प्रधानमन्त्रीको समर्थन गर्छु नै। अरु दलहरुलाई पनि। स्वतन्त्र माननिय सांसदज्यूहरुलाई पनि आग्रह गर्छु।'

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत समर्थन गरेको भन्दै' यदी यो समर्थन यो जाल हैन भने म स्वागत गर्न चाहन्छु। यदी यो जाल हो भने माछा नभएको खोलामा जाल हाले समान हुने म भन्न चाहन्छु।'

पुष २६, २०७९ मंगलबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।