कांग्रेसले प्रचण्डको विरोध गर्ने ठाउँ नै नभएको भन्दै ओलीले भने– ‘थ्याङ्क यु भेरिमच’
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भनेपछि ओलीले कांग्रेसलाई धन्यवाद दिएका हुन्।
‘कसैले गिलासमा चिया मागिराको छ भने गिलासमा नदिएर कार्पेटमा किन पोख्नुहुन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘तर कांग्रेसले कपमै चिया हाल्दिनुभयो, थ्याङ्क यु भेरिमच।’
प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई विरोध गर्ने कांग्रेसलाई ठाउँ नभएको भन्दै उनले दुई वर्षअघि विश्वासको मत दिनु मात्रै फरक भएको बताए।
‘विरोध गर्ने ठाउँनै छैन नि! कसैका लागि पनि ठाउँ नै छैन,’ उनले भने, ‘त्यसमा पनि नेपाली कांग्रेसका लागि झनै ठाउँनै नै छैन। दुई वर्ष पछि त भोट हाल्छु भनेकै थियो नि। भयो त दुईवर्ष अघि त्यति नै हो।’
प्रधानमन्त्रीका लागि चुनौती रहे पनि उहाँले प्रभावकारी ढंगले काम गर्नुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए। उनले प्रधानमन्त्रीको वक्तव्य आफैँप्रति आलोचनात्मक भएको भन्दै उनले इतिहास नदोहोर्याइ अघि बढ्नुपर्नेमा जोड दिए।
पुष २६, २०७९ मंगलबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।