हरेक पटक संसदमा आउँदा कामकाे रिपाेर्ट कार्डसहित उभिने प्रचण्डकाे उद्घाेष

हरेक पटक संसदमा आउँदा कामकाे रिपाेर्ट कार्डसहित उभिने प्रचण्डकाे उद्घाेष

काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले हरेक पटक संसदमा आउँदा कामकाे रिपाेर्ट कार्डसहित उभिने उद्घाेष गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै उनले सार्वजनिक सेवामा सुधार गर्ने प्रतिबद्धता पनि जनाए।

प्रधानमन्त्री दाहालले अब सरकार मालिक हाेइन जनताकाे सेवक बन्ने बताए। उनले सरकारी निकायमा देखिएका ढिलासुस्ती र अनियमिततामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ। सरकारहरू फेरिरहने तर जनताको जीवनस्तर कहिल्यै नफेरिने चित्र अब बदलिने छ। अब सरकार सुनिने, देखिने र जनताले अनुभव गर्न सक्ने सेवक बन्नेछ,’ उनले भने।

उनले नेपाल विद्युत् प्राधिकरणकाे काम गर्ने शैलीकाे प्रशंसा गर्दै सबै सरकारी कार्यालयमा अब विद्युत् प्राधिकरणकाे जस्तै गरि काम हुने उल्लेख गरे।

दाहालले सबै नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता र एक वर्षभित्रै राष्ट्रिय परिचयपत्रको वितरण सम्पन्न गरिने बताएका छन्।

पुष २६, २०७९ मंगलबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।