देशकाे कायापलट गर्ने हाे भने ६० खर्ब विकास खर्च जुटाउनु छ, यसका लागि सबै दलकाे सहमति चाहिन्छः प्रचण्ड
काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकाे कायापलट गर्ने हाे भने ६० खर्ब विकास खर्च जुटाउनु पर्ने र यसका लागि सबै दलकाे सहमति चाहिने बताएका छन्।
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन्। उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी र लाेसपाले पनि विश्वसकाे मत दिने बताइसकेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही पुस १० गते सात दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।
पुष २६, २०७९ मंगलबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।