एकीकृत समाजवादी जस्तै लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने, तर प्रतिपक्षमै बस्ने
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने भएको छ। लोसपाले याे सरकारलाई विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेकाे हाे।
लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मत बारे निर्णय गर्ने अधिकार दिएकाेमा महन्थ ठाकुरले विश्वासको मत दिने निर्णय सुनाएका हुन्।
यसअघि समाजवादी पार्टीले पनि ससर्त समर्थन गर्ने र प्रतिपक्षमा नै बस्ने निर्णय गरिसकेकाे छ। प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यक्रम छ।
पुष २६, २०७९ मंगलबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।