एकीकृत समाजवादीले प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने
काठमाडाैंः एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ। केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार समाजवादीले सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा नै बस्ने रहने निर्णय गरेकाे हाे। प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यक्रम छ।
प्रतिनिधिसभामा १० सदस्य रहेकाे समाजवादीले हाल विश्वासको मत दिने तर आफ्ना सर्त पूरा नगरेमा कुनै पनि बेलामा फर्कनसक्ने गरी प्रतिपक्षको भूमिका निर्वाह गर्ने खतिवडाले बताए।
पुष २६, २०७९ मंगलबार ११:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।