दुई घण्टा पछि सर्‍यो प्रतिनिधि सभाको बैठक

दुई घण्टा पछि सर्‍यो प्रतिनिधि सभाको बैठक

काठमाडौं: प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा दुई घण्टापछि बस्ने भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक अब दिउँसो १ बजे बस्ने भएको छ।

बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ।

पुष २६, २०७९ मंगलबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।