पृथ्वी जयन्तीलाई पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत: उपेन्द्र यादव

पृथ्वी जयन्तीलाई पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत: उपेन्द्र यादव

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत कार्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

यो कार्यले शहीदहरूको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दावी छ।

जसपाले सरकारको साझा न्यनूतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो तर सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो।

पुष २६, २०७९ मंगलबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।