हजारको एक सय ३७ थान नक्कली नोटसहित एक महिला पक्राउ

हजारको एक सय ३७ थान नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं: नक्कली नोटसहित एक जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको कोठाबाट रु एक हजार दरका १३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

उनलाई मुद्रा सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए।

पुष २६, २०७९ मंगलबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।