प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्मा विश्वासको मत लिने भएकाले उनलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको हो।
बैठक बिहान ९ बजे बस्दैछ। बैठकमार्फत कांग्रेसको आधिकारिक धारणा आउनेछ।
संसद्को ठूलो र प्रमुख प्रतिपक्षी भनिएको कांग्रेसले विश्वासको मत दिने सवालमा ठोस निर्णय नगरे पनि हिजो प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच धुम्बाराहीमा भेटवार्ता भएको थियो। भेटमा देउवा विश्वासको मत दिन सकारात्मक देखिएका थिए।
यद्यपि कांग्रेसको संस्थापनइतर पक्ष भने विश्वासको मत नदिने पक्षमा छ।
पुष २६, २०७९ मंगलबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।