दुई बेलायती पुरुष युक्रेनमा बेपत्ता

दुई बेलायती पुरुष युक्रेनमा बेपत्ता

एजेन्सी : युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा दुई बेलायती नागरिक बेपत्ता भएका छन्।

२८ र ४८ वर्षका दुई पुरुषहरू अन्तिमपटक शुक्रबार सोलेदार सहरमा जाँदै गरेको देखिएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सोलेदारमा पछिल्ला दिनहरूमा तीव्र असन्तुष्टि र बमबारी भइरहेका थिए।

विदेश कार्यालयका प्रवक्ताले भने– ‘हामी युक्रेनमा बेपत्ता भएका दुई बेलायती पुरुषका परिवारलाई सहयोग गरिरहेका छौं।’

उनीहरूको खोजी कार्य जारी राखिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

उनीहरू स्वयंसेवकको रूपमा त्यहाँ गएको बीबीसीको समाचारमा उल्लेख छ।

पुष २५, २०७९ सोमबार २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।