वेल्सका कप्तान ग्यारेथ बेलद्वारा फुटबलबाट सन्यासकाे घाेषणा

वेल्सका कप्तान ग्यारेथ बेलद्वारा फुटबलबाट सन्यासकाे घाेषणा

काठमाडौं : वेल्सका कप्तान ग्यारेथ बेलले ३३ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

राष्ट्रका लागि १११ खेल खेलेका उनले सामाजिक सञ्जालमार्फत फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।

रियल म्याड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग जितेका बेल वेल्सका अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्येका एक हुन्।

बेलले भने, ‘होशियार र सोचविचार पछि, म क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्छु। मलाई मनपर्ने खेल खेल्ने मेरो सपना साकार गर्न पाउँदा म अविश्वसनीय रूपमा भाग्यशाली महसुस गर्छु।’

कार्डिफमा जन्मेका बेलको साउथह्याम्प्टन, टोटेनहम हटस्पर र रियल म्याड्रिड लगायतका क्लबबाट फुटबल खेलिसकेका छन्।

कतारमा सन् २०२२ मा १९५८ पछिको पहिलो विश्वकपमा वेल्सको नेतृत्व गर्नुअघि उनले सन् २०१६ र २०२० युरोकप खेलेको थिए।

बेलको करियरको अन्तिम खेलमा इंग्ल्याण्डसँगको हारसँगै वेल्स समूह चरणबाटै बाहिरिएको थियो। क्लब र देशका लागि असाधारण उपलब्धि हासिल गर्ने खेलाडीको लागि यो उपयुक्त अन्त्य थिएन।

‘फुटबलले मलाई मेरो जीवनको उत्कृष्ट क्षणहरू दिएको छ,’ उनले लेखेका छन्।

बेल साउथह्याम्प्टनमा एक स्कुले विद्यार्थीको रूपमा सामेल भएका थिए भने सन् २००६ को अप्रिलमा १६ वर्षको उमेरमा सेन्ट्सका लागि डेब्यु गरेका थिए।

त्यसको केही हप्तापछि उनले सिनियर टिममा डेब्यु गरेका थिए। उनको डेब्यु सबैभन्दा कान्छो खेलाडीको रूपमा भएको थियो। यद्यपि केही समयपछि त्यो रेकर्ड तोडिएको थियो।

पुष २५, २०७९ सोमबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।