तनहुँमा २२ बङ्गुर मरे

तनहुँमा २२ बङ्गुर मरे

तनहुँ : जिल्लामा २२ बङ्गुर मरेका छन्।

जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर अफ्रिकन स्वाइन फिभरबाट मरेका हुन्।

म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ।

भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए।

म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए।

कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा. श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो।

पुष २५, २०७९ सोमबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।