विश्वासको मत लिनुअघि धुम्बाराहीमा देउवा–दाहाल भेट
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्।
तत्कालिन पाँचदलीय सत्तागठबन्धन भंग गरेर नयाँ सरकार गठन गरी प्रधानमन्त्री भएपछि देउवालाई भेट्न दाहाल धुम्बाराही पुगेका हुन्।
मंगलबार ११ बजे बस्ने संसद बैठकबाट विश्वासको मत लिने तयारीमा रहेका दाहाल आफूलाई समर्थन गर्नका लागि आग्रह गर्न धुम्बाराही पुगेका हुन्।
दाहाललाई अहिले १७० सांसद्को समर्थन छ भने १० सांसद् रहेको एकीकृत समाजवादीले पनि उनलाई साथ दिने देखिएको छ।
दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेसको संसदीय दलको बैठक मंगलबार विहान संसदीय दलको कार्यालयमा बस्नेछ।
पुष २५, २०७९ सोमबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।