टी–ट्वेन्टी फरम्याट छोड्नेबारे सोचेको छैन : रोहित शर्मा
काठमाडौं : भारतीय क्रिकेट टोलीका टेष्ट तथा एकदिवसीय कप्तान रोहित शर्माले ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय छाड्ने कुनै योजना भएको बताएका छन्।
श्रीलंका सिरिज सुरु हुनुभन्दा एक दिनअघि सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले ‘ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने’ कुनै योजना नभएको बताएका हुन्।
हार्दिक पाण्डेयको नेतृत्वमा परिवर्तन देखिन थालेको बेला उनको यो भनाइ आएको हो। रोहित शर्मा, पूर्व कप्तान विराट कोहली र हालै उप–कप्तान पदबाट हटाइएका केएल राहुल अहिले टोलीमा छैनन्।
सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले भने, ‘सबैभन्दा पहिले ब्याक टू ब्याक म्याच खेल्न सम्भव छैन, उनीहरूलाई ब्रेक दिनुपर्छ। मेरो सन्दर्भमा पनि कुरा त्यहि नै हो। हामीले न्युजिल्यान्डसँग तीनवटा टी–२० खेल्नुपर्नेछ। आईपीएल पछि के हुन्छ हेर्नेछौं। मैले यो फरम्याट छोड्नेबारे सोचेको छैन।’
पुष २५, २०७९ सोमबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।