राप्रपा फकाउने ‘प्रचण्ड’नीति : विश्वासको मत लिनुअघि २७ गते सार्वजनिक बिदा दिने निर्णय

राप्रपा फकाउने ‘प्रचण्ड’नीति : विश्वासको मत लिनुअघि २७ गते सार्वजनिक बिदा दिने निर्णय
तस्बिर : केपी शर्मा ओलीकाे सचिवालय

काठमाडौं : सरकारले पुस २७ गते बुधबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने र राष्ट्रिय तवरमा एकता दिवस मनाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको शर्तअनुसार सरकारले यसदिन सार्वजनिक बिदा दिएको राजनीतिक वृत्तमा चर्चा छ। राप्रपाका १४ सांसद् छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि उनले सार्वजनिक बिदाको निर्णय गरेर राप्रपा फकाउने रणनीति लिएका हुन्।

पुष २५, २०७९ सोमबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।